१७ मंसिर २०७८, शुक्रबार

एजेन्सी । पाकिस्तानमा एक जना श्रीलंकन नागरिकलाई कुटेर मारिएको छ, भने उनको शवमा आगो लगाइएको छ । शुक्रबार (आज) पाकिस्तानको पञ्जावको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने प्रियानाथ कुमारालाई आक्रोशित भीडले कुटपिट गर्नुका साथै उनको शरीरमा आगो लगाएको थियो ।

द एक्प्रेस ट्रिब्युनका अनुसार उनी श्रीलंकन नागरिक हुन् । विगत सात वर्षदेखि उक्त फ्याक्ट्रीमा काम गर्दै आएका कुमाराले गत बिहीबार रातिदेखि नै ईश्वरको निन्दा गरेको भन्दै अफवाह फैलाइएको थियो ।

कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टीएलपी) नामक संगठनको पोस्टर च्यातेको आक्रोशित भीडको भनाइ छ । उक्त पोस्टरमा कुरानको केही कुरा उल्लेख थियो । सुरूमा फ्याक्ट्रीमा काम गर्ने र आसपासका स्थानीयले फ्याक्ट्रीबाहिर कुमाराविरूद्ध प्रदर्शन गरेका थिए ।

Paste this code directly into the HTML portion of your site, and you’ll be good to go. Need more info? Check out our developer docs.

तर, पछि आक्रोशित भीड भित्र पसेर कुमारामाथि आक्रमण गरेको थियो । प्रहरी घटनास्थलमा पुगुन्जेलसम्ममा उक्त भीडले कुमाराको हत्या गरिसकेको र उनको शवमा आगो लगाइसकेको पञ्जाव प्रहरीले जनाएको छ । त्यस्तै घटनामा संलग्नको खोजी भइरहेको पञ्जाव प्रहरीले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रीलंकन नागरिकलाई जिउँदै जलाइनु पाकिस्तानका लागि लज्जाको विषय भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV