१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशील पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस न’ गीतको भिडियोमा नायक भुवन केसी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ ।

प्रेमिल शैलीको उक्त गीतको भिडियोमा नायक केसी मैसाव सृष्टिलाई भेट्न घोडचडीदेखि, दरबारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।

‘घरमा आइसियोस् न’ गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट रहेको छ । सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya)मार्फत् सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV