१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । मोडर्नाको १ लाख ८८ हजार डोज खोप नेपाल आइपुगेको छ । कोरोनाविरुद्धको मोडर्ना खोप कोभ्याक्स सुविधामार्फत् १ लाख ८८ हजार ४ सय मात्रा खोप आएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोप कतार एयरवेजमा ल्याइएको हो।

विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने अनुमति दिएको छ। यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने सरकारको योजना छ।

नेपालमा कोरोनाविरुद्ध खोप अभियान जारी छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV