१७ मंसिर २०७८, शुक्रबार
  • तारा आचार्य

विराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ मा सभापति पदका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रदेश अधिवेशन अन्तर्गत पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारुढ नेपाली काँग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने भएका छन् । कांग्रेस नेताहरुका अनुसार वरिष्ठ नेता रामचन्न्द्र पौडेल र नेता डा. शेखर कोइराला प्यानलबाट नेपाल विद्यार्थी संघका पूर्व सभापति घिमिरेलाई उम्मेद्वार बनाउने सहमति भएको थियो ।

संस्थापन इतर पक्षबाट भने प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सारेको छ । नेता कृष्णप्रसाद सिटौला निकट नेता थापा नै देउवा–सिटौला प्यानलको उम्मेद्वार बनेका हुन् ।

प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् । २ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गा र सहमहामन्त्रीको महिला २ जना र खुल्ला २ जनामा प्रमिला गच्छदार, मान बहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापाले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV