१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ महिना २४ दिनपछि पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्मु नभएको मन्त्रालयले जानकारी गराएको छ । यस रोगबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९२१ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ, भने थप ३४७ जना कोरोनाबाट निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV