१७ मंसिर २०७८, शुक्रबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्नुपर्ने बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफू सँधै सकारात्मक रहेको बताए ।

मन्त्री यादवले अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले शुक्रबार विराटनगरमा आयोजना गरेका कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले शारीरिक रुपमा समस्या भएपनि उनीहरु मानसिक रुपमा तेज हुने बताउदै आम नागरिकमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन नसकेको बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले डिसेम्वर ३ अपाङ्गता भएका व्यक्तिहरुको हर्ष, उत्सवको दिन भएको बताइन् । उनले दिवसको अवसर पारी अपाङ्गता भएका व्यक्तिहरुले गरेको उपलब्धिलाई संस्थागत गर्ने दिन पनि भएको बताए ।

अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगर जनआन्दोलन चोकबाट शुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रम गरि जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV