१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । हिमाल पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई हिमाल आरोहण गरिसकेपछि फर्कंदा प्याराग्लाइडिङको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

शुक्रबार ट्विटमार्फत आफूले प्रधानमन्त्री देउवालाई भेटेको बताउँदै उनले उक्त प्रस्ताव राखेको बताए ।

प्रधानमन्त्री देउवासँगको भेटमा उनले नेपालको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने सम्बन्धमा कुराकानी गरेका छन् । त्यसै सन्दर्भमा हिमालबाट प्याराग्लाइडिङ गर्न सकिने पनि प्रधानमन्त्री देउवालाई उनले सम्भावना औँल्याएका थिए।

पूर्जा हाल अर्जेन्टिनाको हिमाल आरोहण गर्न गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV