१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ९ दिनमा नै ३० देशमा फैलिइसकेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ‘ओमिक्रोन’ अमेरिका हुँदै छिमेकी राष्ट्र भारतमा समेत फैलिइसकेको छ ।

विहीबार (हिजो) मात्रै भारतको कर्नाटकमा कोरोनाको ‘ओमिक्रोन’ संक्रमितहरुफेला परेका थिए । अनुसन्धानकर्ताहरुका अनुसार ओमिक्रोनको फैलावट डेल्टा भेरियन्ट भन्दा कयौं गुणा बढी रहेको छ ।

डेल्टा भेरियन्टकै कारण भारत र नेपाललगायतका देशहरुमा कोरोनाको दोस्रो लहर आएको थियो । सबै भन्दा पहिलो दक्षिण अफ्रिका र बोत्सवानामा ‘ओमिक्रोन’को पहिलो केस भेटिएको थियो । यस भाइरसको कुल ५३ म्युटेशन भइसकेको र उसको स्पाइक प्रोटिनमै ३२ म्युटेशन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यसका साथै ओमिक्रोनको रिसेप्टर बाइन्डिङ डोमेनमा पनि १० म्युटेशन भइसकेको छ । त्यसोत, डेल्टा भेरियन्टको स्पाइक प्रोटिनमा १८ म्युटेशन हुने गथ्र्यो । स्पाइक प्रोटिनमार्फत् मानव शरीरमा भाइरस प्रवेश गर्ने गर्छ ।

ग्रिसमा कोरोनाविरुद्धको खोप अनिवार्य :

ग्रिसमा कोरोनाविरुद्धको खोप लगाउन इन्कार गरिरहेका ६० वर्ष भन्दा बढी उमेरकालाई मासिक जरिवाना लाग्नसक्ने बताइएको छ ।

त्यहाँका नेताहरुले यस कठोर नीतिले आफ्नो भोट घट्नसक्ने भएतापनि जनताको ज्यान बच्ने बताएका छन् । ग्रिसमा ६० वर्ष भन्दा बढी उमेरका करिब १७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

LIVE TV