१७ मंसिर २०७८, शुक्रबार
  • मोहन बिक्रम शाही

जुम्ला । कर्णाली प्रदेशमा मंसिर १६ गते अधिबेशनको उद्घाटन भएको छ । कर्णाली प्रदेशमा देउवा पक्षको मत बढि भएकाले सभापतिमा आकांक्षी बढेपनि अन्तत जुम्लाका नेता ललित जंग शाही सभापतिमा लड्ने भएका छन् ।

पौडेल पक्षबाट कालिकोटका भुपेन्द्र जंग शाही उम्मेदवार बनेका छन्। जुम्लामा २०४८ साल यताका कुनैपनि निर्वाचनमा काँग्रेसले चुनाब जित्न नसकेपछि २०७० सालको संबिधान सभा निर्बाचनमा पहिलो पटक काँग्रेसबाट ललित जंग शाही संविधान सभा निर्बाचनमा जुम्लाबाट विजयी भएका थिए।

कर्णालीमा अन्य पार्टीको तुलनामा काग्रेस कमजोर भएकाले आफू सभापतिमा निर्बाचित भइसकेपछि कर्णालीमा काग्रेसको लहर ल्याउने सभापतिका उम्मेदवार शाहीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV