१७ मंसिर २०७८, शुक्रबार

एजेन्सी । भारतको हरियाणामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। उक्त दुर्घटना भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै भएको हो ।

सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किंदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको हो ।

हरसरु–साधराना सडकमा तीब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको स्थानीय अखबार द ट्रिब्यूनले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । घाइते कर्मचारीलाई अस्पताल भर्ना गरिएको छ ।

अखबारकाअनुसार पीडितहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए। मृतकहरु विभिन्न राज्यका रहेको पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV