१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरु पठाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ दिने निणय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधि पठाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

प्रत्येक प्रदेशबाट ३० जना राष्ट्रिय सम्मेलनमा आउने प्रवक्ता महराले बताउनुभयो । बाँकी पार्टी सदस्य नवीकरण संख्याका आधारमा थपिने स्थायी कमिटीले निर्णय गरेको उहाँको भनाइ छ । त्यस्तैगरी विधान संशोधन गर्न पाँच सदस्यीय उपसमितिसमेत गठन गरेको बताइएको छ ।

उक्त उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उपसमितिलाई मंसिर २५ गतेसम्म विधान संशोधन मस्यौदा तयार पार्न समयसीमा दिइएको महराले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV