१७ मंसिर २०७८, शुक्रबार
  • तारा आचार्य

विराटनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय र प्रदेश निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभएको छ ।

शुक्रबार आयोजित प्रदेश -१ महाधिवेशनलाई  भर्चुअल सम्बोधन गर्दै देउवाले अबको केही महिनामा स्थानीय र एक वर्षभित्रै प्रदेशको निर्वाचन हुने जानकारीसमेत गराउनुभएको थियो ।

सबै तहको निर्वाचनका बिजयी हुनका लागि काँग्रेस एकाबद्ध हुनुपर्नेसमेत उहाँले कार्यकर्ताहरुलाई सन्देश दिनुभएको थियो ।

उहाँले मुलुकमा नेपाली काँग्रेसको विकल्प नरहेको पुष्टि भएकाले जनाताको मन जित्नुपर्ने बताउनुभयो । जसका लागि महाधिवेशनले पनि सहयोग पुग्ने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV