१७ मंसिर २०७८, शुक्रबार

एजेन्सी । अमेरिका र रुसबीचको तनाव पुनः बढ्दै गएको छ । यी ठूला शक्तिशाली मुलुहरुबीच युक्रेनका बिषयलाई लिएर तनाब बढ्दै गएको हो ।

बिहीबारको एक भाषणमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकाप्रति आक्रोश व्यक्त गरे । उनले अब अमेरिका छिटै नै युरोपमा मध्यम दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल तैनाथ गर्ने मनस्थितीमा रहेको आरोप लगाए ।

अमेरिकाको अमेरिकाको गतिविधि र मनस्थितीले युरोपको रणनीतिक स्थिरतामा खतरा उत्पन्न हनसक्ने बताए । अमेरिकाले यही किसिमको कार्य गर्दैं गए

सैन्य टकरावकै स्थिती अउने भन्दै चेतावनी समेत दिएका थिए । अमेरिकी गठबन्धनका मुलुकले रुसका रोमानिया र पोल्याण्डनजिकै सैन्य पूर्वाधार विकास बीबीसीले पनि बताएको छ ।

उता रुसले पनि ९० हजारभन्दा बढी सैनिक युक्रेनको सीमामा परिचालन गरेको बताइएको थियो ।

सो अवस्थामा युक्रेनमाथि आक्रमण हुने आशंका गरिएको थियो । तर आक्रमण भने भएको थिएन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसलाई युक्रेनमाथि आक्रमण गरे त्यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनीसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV