१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका राणा शुक्रबार बिहान डिस्चार्ज हुनुहभएको हो । उहाँ मंसिर १३ गते अस्पताल भर्ना हुनुभएको थियो ।

प्रधानन्यायाधीश राणा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए ।

यसअघि प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार शुक्रबारदेखि आफू नै काममा फर्किने बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV