१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । भारतमा एक कम्युनिष्ट नेताको हत्या भएको छ । बिहीबार केरला राज्यको तिरुवल्लामा सन्दीप कुमारको हत्या भएको केरला प्रहरीले बताएको छ । सन्दीप सीपीआईएम(एम) का स्थानीय सचिव हुन् ।

उनको चक्कु प्रहार गरि हत्या गरिएको केरला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार राति ८ बजे उनको हत्या भएको हो । उनको शरीरका ११ ठाउँमा चक्कु प्रहार भएको बताइएको छ ।

गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल लगिएको अवस्थामा उपचार हुन नसकी मृत्यु भएको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सन्दिपकुमारले कथित नशामा रहेका एक व्यक्ति र पसलेबीच भएको विवाद मिलाउन मध्यस्त गर्ने कोसिस गरेका थिए । त्यसपछि उनलाई मोटरसाइकलबाट पछ्याउँदै हत्या गरेको खुलेको छ ।

समाचार संस्था एएनआईका अनुसार उनको हत्यापछि सपिीआई(एम)ले घटनाको कडा निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV