१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज अध्यक्षको पद बहाली गर्ने भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट निर्वाचित ओलीले दोस्रो पटक अध्यक्ष पद ग्रहण गर्न लागेका हुन् । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पद बहाली गर्न लागेका हुन् ।

अध्यक्षसहितको नयाँ निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले महाधिवेशन सम्पन्न भए लगत्ते सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV