१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । बाग्लुङमा एकै विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण भएको हो ।

सुरुमा शिक्षकमा कोरोना पुष्टि भएको पाइएपछि परीक्षण गर्दा विद्यार्थीहरुको पनि रिपोर्ट पोजेटिभ आएको हो । कोरोना फैलिएपछि विद्यालय नै बन्द गरिएको र स्थानीयमा पनि कोरोना परीक्षण गरिएको छ ।

स्थानीयमा पनि धेरै कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV