१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री स्व. टंकप्रसाद आचार्यको ११०औं जन्मदिनको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको विज्ञप्तिमा आचार्यको योगदानको बारेमा चर्चासँगै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

एमालेले प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका जीवन उत्सर्ग गर्ने शहीदहरुमा पनि श्रदाञ्जली अर्पण गरिएको छ ।

पूर्वप्रधानमन्त्री आचार्य प्रजातन्त्र स्थापनाका लागि स्थापना गरिएको पार्टी प्रजा परिषदको संस्थापक अध्यक्षसमेत रहनुभएको थियो । प्रजातन्त्र बहालपछि आचार्य करिब डेढवर्ष प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँले आफ्नो कार्यकालमा नयाँ योजना तथा सुधार तथा नेपालको छिमेक एवं अन्तर्राष्ट्रिय सम्बन्धको जग राख्ने काम गर्नुभएको थियो । उहाँकै प्रधानमन्त्री कालमा नेपालमा पञ्चवर्षीया योजनाको सुभारम्भ पनिभएको थियो ।

त्यस्तै राष्ट्र बैंकको स्थापना भइर देशभरी नेपाली मुद्राको प्रचलन ल्याउनमा पनि उहाँको योगदान रहेको रहेको थियो ।

एमालेले उहाँको सम्मानले आफू र आगामी आउने सन्ततीलाई प्रेरणा मिल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV