१७ मंसिर २०७८, शुक्रबार

आज मिति २०७८ साल मंसिर १७ गते, शुक्रबार । इश्वी सन् २०२१ डिसेम्बर ३ तारिख । । आज बालाचतुर्दश, शतवीजिरोपाण। आज विश्व अपाङ्ग दिवस । शकसंवत् १९४३ । नेपाल संवतु ११४२ कछलागा । राक्षस दक्षिणयन । हेमन्त ।

मार्ग कृष्णपक्ष । तिथि चतुर्दशी। १६:१० बजे उप्रान्त औँसी । नक्षत्र विशाखा, १३:३३ बजे उप्रान्त अनराधा । योग अतिगण्ड, १३:२३ ब जे उप्रान्त सुकर्मा । करण शकुनि १६:१० बजेदेखि चतुष्पद, २७:०१ बजे उप्रान्त वव , भन्द्रराशि तुला । आनन्दादि योग मागंत । दिनमान २६:०६ । सुर्योदय ६:४० । सुर्योस्त १७:०६ ।

मेष : जीवनको लक्ष्य तथा उपलब्धि अवस्य पनि पुरा हुने छ । निडर स्वभाव मिहिनेति तथा सहयोगी भाव हजुर भित्र रहने छ भने आजको दिनमा ३ यो अंक प्रयोग गर्नुहोस् । सवारी किन्दा होस् वा कुनै कार्य आरम्भ गर्दा होस भाग्योदय हुने छ ।

वृष : स्वभामा परिवर्तन गर्नुपर्ने हुन्छ । नत्र नजिकका मित्र तथा आफन्त टाढिन सक्नेछन् । अध्ययनमा सफलता मिल्नेछ सोचेको आर्थिक उपलब्धि मिल्नेछ ।

मिथुन : सहयोगी भावना हुँदा हुँदै पनि आर्थिक अभावका कारणले गर्दा गर्न नपाउदा मनमा खिन्नता हुनेछ। पारिवारिक तथा मित्रवन्धुसंग विवाद हुनसक्नेछ । बोल्दै नबोल्नु होला । स्वास्थ्यले केहि समस्या ल्याउन सक्नेछ ।

कर्कट : अध्ययन गर्ने रुचि जाग्नेछ । प्रेमिका संगको वाचा पुरा गर्न नसक्दा मनमुटाव हुनेछ । गल्ति स्वीकार गर्ननै कल्याण हुनेछ । व्यपारिक वर्गको लागि निकै उपलव्धि मूलक दिन रहने छ ।

सिंह : रोकिएका तथा विग्रिएका काम तथा सम्बन्ध बन्नेछन् । केहि महत्व पूर्ण भेटघाट तथा निर्णय हुनेछन् । प्रेमप्रस्ताव आएता पनि आफ्नो अहंकार भावले गर्दा विग्रनेछ ।  स्वभावलाई परिवर्तन गर्नै पर्छ नत्र भोलिका दिनमा आत्मगलानी हुनेछ ।

कन्या : नसोचेको सम्बन्ध तथा आर्थिक उन्नति हुनेछ । आजको दिनमा ६ यो अंकको प्रयोग गर्न भाग्योदय हुनेछ । प्रेमसम्बधलार्र्इ अगाडि बढाउनु छ भने उक्त अंकप्रयोग गरि प्रेमपस्ताव लेखि पठाउनु अवस्य स्वीकार हुनेछ ।

तुला : अनावश्यक रुपमा भेटघाट गर्दै नगर्नुहोला झुटो आरोप वा दोषारोपण गर्नेछन् । आफन्तले वा मित्रजनले । विद्यार्थी वर्गकोलागी राम्रो समय रहनेछ । प्रेमिको स्वास्थ्य खराविले गर्दा सेवामा समय व्यतित हुनेछ।

वृश्चिक : कार्य गर्ने रुचि जाग्नेछ भने सहयोगी जनहरु भेटिनेछन् । आफ्नो पुरानै अहंकारले गर्दा कार्यमा बाधा आउने हुदा स्वभावमा परिवर्तन गर्न राम्रो हुनेछ । नवजोडिको लागि सन्तान प्राप्ति योग रहेकोछ भने प्रेमि प्रेमिकाको लागि मिलनको योग रहेको छ।

धनु : मित्रजनको दुःखद खबरले मनमा निकै पीडाबोध हुने छ । राजनैतिक दोष लाग्ने हुँदा विहानै परेवालाई वा चराचुरुङ्गीलाई चारो खुवानु राम्रो हुने छ । कार्यक्षेत्रमा आवश्यक झन्झट आउने छन् । आजको दिन कम बोल्नु होला ।

मकर : व्यपारिक वर्गको लागि राज्यद्वारा डन्डित हुनुपर्नेछ । निकै विचार गरेर काय गर्नुहोला । प्रेम सम्बन्ध अगाडी बढ्ने छ । १० यो अंक प्रयोग गर्नाले बाधा व्यवधान हटेर जानेछन् ।

कुम्भ : समयलाई तथा आफन्तलाई वास्थ्या नगर्दा संकटको अवस्थामा सहयोग पाइने छैन । मित्रजनको अन्तर्घातले गर्दा निकै चोट पर्नेछ । सामान्य चोटपटक लाग्न सक्नेछ । दुःखि वा भाग्नेलाई केहि खानेकुरा दिनुहोला ।

मीन : सव्य तथा मर्यादित व्यवहार बोलीको प्रभाव बढ्नेछ । नसोचेको प्रेममिलन हुनेछ । आर्थिक समुन्नति हुने योग रहेको छ । पेटसम्बन्धी समस्या बढ्न सक्ने हुँदा बाहिरी खानपान बन्द गर्नुहोला ।

अर्जुनप्रसाद न्यौपानेबाट

सम्पर्क : ९८४१७९६७८८

प्रतिक्रिया दिनुहोस्

LIVE TV