१६ मंसिर २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन बुधबार (हिजो)बाट सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नेतृत्वका लागि राजेन्द्र लिङदेन र कमल थापाबीच कडा प्रतिस्पपर्धा हुने देखिएको छ ।

लिङ्देन र थापा दुवै जनाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । साथै नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा लिङ्देन र थापाले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगोसमेत लगाइसकेका बताइएको छ ।

राप्रपा श्रोतका अनुसार लिङ्देन प्यानलबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिदैछन् । साथै महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र अभिनेत्री रेखा थापाको नाम टुंगो लागेको बताइएको छ ।

यता थापा प्यानलबाट उपाध्यक्ष पदमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उठ्दैछन्। महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार बन्ने पक्कापक्की भएको छ । त्यस्तै महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV