१६ मंसिर २०७८, बिहीबार

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि नेपालले खेल्ने भनेको ुफोर नेशन्स कपु फुटबल रद्द भएको छ । डिसेम्बर नौ देखि २१ सम्म नेपाली महिला टिमले खेल्ने भनिएको उक्त प्रतियोगिता रद्द भएको हो ।

उक्त खेलका लागि नेपाली महिला टिम तयारीमा ब्यस्त रहेको थियो । उक्त टिमलाई प्रशिक्षकको जिम्मा चेतन घिमिरेले प्रशिक्षण दिइरहेका थिए ।

हाल यो प्रतियोगिताका लागि २६ खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए । तर आयोजकले यो प्रतियोगिता रद्द गरेको जनाएको छ ।

प्रतियोगिता नहुने भएपछि एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आजै बिहीबार( रिलिज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV