१६ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।

महराले भनेका छन्, ‘स्थायी कमिटीको बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ । बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै महराले पार्टी सदस्यता संख्या ७ लाख ६ हजार ५ सय पुगेको बताए ।

कतिपय सदस्यको इन्ट्री हुन बाँकी रहेकाले सदस्यता संख्या ८ लाख पुग्ने महाराले दाबी गरे । त्यस्तै, मंसिर २५ गते सातवटै प्रदेश कमिटीको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहालले २५ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीका तर्फबाट र प्रदेश इन्चार्जहरुले प्रदेशका तर्फबाट रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV