१६ मंसिर २०७८, बिहीबार

एजेन्सी । चीनका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा अध्ययनरत पाकिस्तानी विद्यार्थीलाई अध्ययनका लागि चीन फर्किन त्यहाँको सरकारले रोक लगाएको छ।

कोरोना महामारी फैलिएपछि चीनबाट स्वदेश पुगेका हजारौँ पाकिस्तानी विद्यार्थीलाई चीन सरकारले अध्ययनका लागि चीन फर्किन रोक लगाएको बताइएको छ । हो।

चीनको वुहानमा कोरोना फैलिएपछि ती विद्यार्थीहरु पाकिस्तान फर्किएका थिए । र, थप कोरोना फैलिन नदिन भन्दै चीन सरकारले ती विद्यार्थीहरुलाई चीन फर्किन रोक लगाएको छ ।

चीनमा झण्डै २८ हजार पाकिस्तानी विद्यार्थीहरु चीनका विभिन्न शैक्षिक संस्थाहरुमा भर्ना भएका छन्। पाकिस्तानी विद्यार्थीहरु पाकिस्तान फर्केको दुई वर्ष वितिसकेको छ ।

अहिले पाकिस्तानी विद्यार्थीहरु आफ्नो डिग्री गुम्नेमा चिन्तित रहेका छन् । तर, चीन सरकारले विद्यार्थीहरुलाई तत्काल फर्किन रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV