१६ मंसिर २०७८, बिहीबार

काठमाडौँ । नेप्से सूचक ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा अडिएको छ । यससँगै, नेप्से सूचक २६ सय विन्दुभन्दा तल झरेको छ । बुधबारको तुलनामा खरिदबिक्री रकम भने सामान्य बढेको छ । ३ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

बिहीबार २३१ कम्पनीको ७९ लाख ३२ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । सूचीकृत सबै समूहमा गिरावट आएको छ ।

विकास बैंक समूह सबैभना धेरै ३.८२ प्रतिशतले घटेको छ । त्यसपछि, फाइनान्स समूह ३.७६ प्रतिशतले घटेको छ । सेयर बजारमा भारी गिरावट आएपनि भर्खरै सूचीकृत भएका सामलिङ पावर र न्यादी हाइड्रोपावरको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी १२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV