१६ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV