१६ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुई पटक संविधान संशोधन प्रस्ताव अघि बढाएपनि एमालेको केपी ओली गुटका कारण सफल हुन नसकेको आरोप लगाएका हुन् ।

उनले अहिले पनि एमालेको केपी गुट मधेश, महिला, जनजातीलगायत मुलुकको परिवर्तनको विरोधी भएको टिप्पणी गरे । प्रचण्डले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको बिकल्प नरहेको पनि बताए ।

यसअघि पनि आफूहरुले प्रतिगमनलाई असफ बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पु¥याएको भन्दै प्रचण्डले जस्तोसुकै मूल्य चुकाएर भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाए ।

प्रचण्डले अब पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाउदै लैजाने बताए । अहिले पार्टीको झण्डै ८ लाख क्रियाशील सदस्य पुगेको र छिटै १० लाख पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV