१६ मंसिर २०७८, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको कार्यसमितिको निर्वाचनलगायत अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो।

स्थगित गरिएका १६ जिल्लाको अधिवेशन १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको जिल्लाको अधिवेशन हुन बाँकी जिल्लामा प्रदेश २ का सबै जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा र रौतहट छन्। त्यसैगरी वाग्मती प्रदेशका चार जिल्ला चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा अधिवेशन सम्पन्न हुन बाँकी छ।

गण्डकीमा नवलपरासी पूर्व, लुम्बिनी प्रदेशमा बाँके, सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन भएको छैन।

प्रतिक्रिया दिनुहोस्

LIVE TV