१६ मंसिर २०७८, बिहीबार

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरूसँग सम्झौता गरेको छ ।

मुक्तिनाथ विकास बैंकले वीरगञ्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगञ्ज प्रा. लि.सँग र काठमाडौंमा विभिन्न शाखाहरू रहेको देव कर्नर ज्वेलरीसँग व्यवसायिक सम्झौताहरूमा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट को फाइदा लिन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV