१६ मंसिर २०७८, बिहीबार

ज्योतिकुमार पन्थि

बर्दिया। बर्दियाको गुलरियामा स्थानीय सरकार र सरोकारवालाहरूसंग यौन शोषण बिरूद्व एकदिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल  नाराका साथ  मूल नाराका साथ कार्यक्रमको  आयोजना भएको थियो ।

गुलरिया नगरपालिकाको समन्वय र साथि संस्थाको आयोजनामा सञ्चालित कार्यक्रम लै‌गिक हिंसाबिरुद्धको १६ दिने अभियान अन्तर्गत सञ्चालन गरिएको हो ।

बिहीबार गुलरियामा आयोजना गरिएको कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख शुशिला गिरिले नगरपालिका यौन शोशषणमा परेक बालबालिकाको उद्वारमा कुनै कन्जुस्याई नगर्ने र यौन शोषणका घटना घटन नदिन पनि नगरपालिका लागि परेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख गिरिले बाल हिंसा बालविवाह रोक्नुपर्ने र यसको नीति नियम बनाउने स्थानीय निकाय नै भएको र आफ्नो नगरपालिका जहिले पनि बालबालिको हितमा लाग्ने बताउदै आगामी साभामा यस्ता बिषय नउठाइने बताउनु भयो । कार्यक्रममा साथि संस्थाका सदस्य सरस्वती पोख्रेलले गुलरिया, मधुवन र राजापुर र बढैयातालका बालबालिका १६ जना बालबालिकालाई सहयोग सामाग्रि सहयोग गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV