१५ मंसिर २०७८, बुधबार
  • रामगोपाल तमखु

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले देशमा निस्वार्थ सेवा गर्ने राजनीतिकर्मीहरु आवश्यकता रहेको बताउनुभएको छ ।

भक्तपुरको ख्वप इन्जिनियरिङ्ग कलेजको २०औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको १३ औं वार्षिक उत्सव कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे विद्यार्थीहरुले ज्ञान र चिन्तनलाई निरन्तरता दिनुपर्ने जिचार व्यक्त गर्नु भयो ।

कार्यक्रम उद्घाटन गर्दौ उहाँले विद्यार्थीहरुले देश र जनताको सेवा गर्ने भावनाले राजनीति गर्नुपर्ने पनि बताउँनु भयो । डाक्टर र इन्जिनियरहरुले राजनीति गर्दैनन् भन्दै बौद्धिक व्यक्तिहरुलाई राजनीतिबाट टाढा राखेर भ्रम फैलाईरहेको बतायँदै अध्यक्ष रोहितले राजनीतिबाट कोहि पनि अछुतो नरहने र देशमा निस्वार्थ सेवा गर्ने राजनीतिकर्मीको खाचो रहेको पनि स्पष्ट पार्नुभयो ।

त्यस्तै नेमकिपाका सचिव एवं माननीय सांसद प्रेम सुवालले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्धेश्यका साथ ७ बर्ष अगाडि मेडिकल कलेज सहितको ख्वप विश्वविद्यालय सञ्चालनको लागि ख्वप विश्वविद्याल दर्ता भईसकेको जानकारी दिनुभयो । २३ वर्ष अगाडि ख्वप उच्च मावि र २० बर्ष अगाडि ख्वप इन्जिजियरिङ्ग कलेज ,१६ वर्ष अगाडि ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सिटिभिटि अन्तर्गत नर्सिङ्ग र सब इन्जिनियरिङ्ग विषय अध्यापनको स्विकृति लिई हाल ख्वप सर्कलका ७ वटा कलेजहरु सञ्चालनमा रहेको बताउँनु भयो । सांसद सुवालले शासक दलहरु संसदबाट एमसीसी पारित गरी नेपाललाई भारतीय नवउपनिवेश बनाउन लागि परेको बताउँनु भयो । नेपाल मजदुर किसान पार्टी एमसीसीको विरोधमा सडक र सदनमा निरन्तर आवाज उठाईरहेको र खारेज नभएसम्म उठाईरहने बताउँनु भयो ।

त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गका सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले २१औं शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्धेश्य सहित भक्तपुर नपाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँनु भयो । यसकालागि नपाले २ वटा इन्जिनियरिङ्ग कलेज र ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउँनु भयो । जसमा करिव ६हजार भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत रहेको पनि जानकारी दिनुभयो ।

नगर प्रमुख प्रजापतिले समाजवादी व्यवस्थामा शिक्षा र स्वास्स्थ्य निःशुल्क हुन्छ भनुहुदै भक्तपुर नपाबाट सञ्चालित २ वटै इन्जिनियरिङ्ग कलेजबाट उत्तीर्ण विद्यार्थीहरुले देशको कुना काप्चामा पुगेर जनताको सेवा गर्नेमा विश्वस्त रहेको बताउँनु भयो । उहाँले देशको विकासमा प्राविधिकहरुको ठुलो हात रहने बताउँदै ठेकेदारको मिलोमत्तोमा कमजोर निर्माण र गुणस्तरहीन निर्माण कार्यले गर्दा बिभिन्न संरचनाहरु भत्किएको उदाहरण दिनु भयो । यस कलेजबाट उत्पादित जनशक्तिहरु न्पासँग जोडिएको हुँदा गलत प्रवृतिहरुबाट टाढा रही देशभर नमुनाको रुपमा प्रस्तुत हुन बिद्यार्थीहरुलाई उत्प्रेति गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV