१५ मंसिर २०७८, बुधबार

दाङ । तुलसीपुरमा यहीँ मंसिर २३ गतेदेखी प्रादेशिक महोत्सव हुने भएको छ । चन्द्र सुर्य यातायात प्रालिले प्रथम प्रादेशिक फेस्टिबल नाम दिएर महोत्सव गर्न लागेको हो ।

प्रालिले आज पत्रकार सम्मेलनगरी पर्यटन प्रवद्धनकालागि महोत्सव गर्न लागेको जानकारी दियो । महोसत्व मुल आयोजक कमिटीका संयोजक सम्भु रेग्मीले दाङको पर्यटन प्रवद्धनकालागि महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । उहाँका अनुसार महोत्सव संचालनकालागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमती समेत दिइसकेको छ ।

महोत्ससवमा व्यापारीका प्रयोजनकालागी बिभिन्न स्टल राखिने छ । महोत्सव अवधीभर प्याराग्लाइडीङको मनोरञ्जनको व्यवस्था समेत गरिएको महोत्सवका प्रचारप्रसार संयोजक गणेश आचार्यले जानकारी दिनुभएको छ ।

आचार्यका अनुसार महोत्सवमा बद्री पंगेनी लगाएतका राष्ट्रिय तथा स्थानीय कलारले मनोरञ्जन दिने छन् । महोत्सव तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाउँमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV