१५ मंसिर २०७८, बुधबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष/महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् ।

भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए ।

सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV