१५ मंसिर २०७८, बुधबार

काठमाडौं । सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा हुने बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका रत्नजित तामाङ्ग, दिपेश धामी, नविन श्रेष्ठ, रशिला महर्जन, अनुमाया राई, अमिता गिरीलगायतका खेलाडीहरु खेल स्थलमा आइपुगिसकेको छन् ।

मंसिर १५ देखि १८ गतेसम्म हुने राष्ट्रिय प्रतियोगिताामा पुरुष एकल, महिला एकल, पुरुष युगल (नेपाल ब्याडमिन्टन संघको एकल तर्फ उच्च २० बरियतामा रहेका खेलाडीहरु बाहेक), सिन्धुपाल्चोक जिल्ला स्तरिय पुरुष युगल र भेट्रान्स युगल गरि ५ बिधामा १४८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

जिल्लामा ब्याडमिन्टन खेलको विकास तथा विस्तार गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

५ लाख ५० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा शिर्ष तीनस्थान हात पार्ने खेलाडीहरुले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरुले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

३५ लाख अनुमानित बजेट रहेको प्रतियोगितालाई स्तरीयता प्रदान गर्नका लागि प्रायोजक सिल्क ग्रुपले १० लाख बराबरको अन्तर्राष्ट्रिय स्तरको २ कोर्ट म्याट आयोजक खुर्सानीबारी खेलकुद कभर्डहललाई प्रदान गरेको छ ।

जिल्ला स्तरीय प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

प्रतियोगिताको उद्घाटनको अघिल्लो दिन मंसिर १५ गते भएको जिल्लास्तरिय पुरुष युगल तर्फको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको सेमिफाइनलमा चौतारका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी, मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी, बाह्रबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडी तथा बलेफीका पूर्ण थापा र अजय लामाको जोडी प्रवेश गरेका छन् ।

श्रेष्ठ जोडीले क्वाटरफाइनलमा बलेफीका श्रीकृष्ण श्रेष्ठ र रारजकुमार तामाङ्गको जोडीलाई २२–२०, ८–२१, २१–१४ को प्रतिस्पर्धात्मक जित निकाले । यस्तै जित निकाल्दै सेमिफाईनल प्रवेश गर्ने अर्को जोडीमा किसन दुलाल र राजन श्रेष्ठको जोडी रहेका छन् ।

दुलाल र श्रेष्ठको जोडीले बा¥हबिसेका प्रतिस साख र नवराज सापकोटाको जोडीलाई १६–२१, २३–२१, २४–२२ को संघर्षपूर्ण जित निकाले । यस्तै अभिषेक र रमेशको जोडीले मेलम्चिका फुनु शेर्पा र विजेन्द्र तामाङ्गको जोडीलाई २१–११, २१–१६ को सहज जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरे ।

यसैगरि बलेफीका पूर्ण थापा र अजय लामाको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा अभिषेक र रमेशको जोडी संगको भेट पक्का गरे । जिल्लास्तरिय प्रतियोगितामा २४ जोडीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV