१५ मंसिर २०७८, बुधबार
  • दान बहादुर बुढा

मुगु । मुगु गमगढीका आगलागी पीडित परिवारलाई नगद र न्यानो ओडने कपडाहरु सहयोग गरिएको छ ।
आगलागी पिडित परिवारहरुलाई छाँयानाथ रारा नगरपालिकाले आर्थिक र लायन्स क्लव अफ रारा मुगुको आग्रहमा लायन्स क्लव अफ नेपालले न्यानो ओडने लुगा सहयोग गरेका हुन् ।

शनिबार नगरपालिकाले छायाँनाथ रारा नगरपालिका वडा नं १ तल्लो बजारका आगलागी पिडित १९ घरधनीलाई प्रतिघरधुरी ४० हजार,व्यवसाय गरेर ति घरहरुमा बसेका २५ जना व्यवसायीलाई प्रति व्यवसायी २० हजार र घरहरुमा कोठा भाडामा लिएर बस्दै आएका ३२ प्रति परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरिएको प्र्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्लले बताउनु भयो ।

त्यस्तै, गत बर्ष भारतको उत्तराखण्ड प्रदेश चमौली जिल्ला तपोवन भन्ने ठाँउमा हिउ पहिरोमा परि मृत्यु भएका छायाँनाथ रारा नगरपालिकाका ५ जना स्थानियहरुको परिवारलाई पनि नगरपालिकाले प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग गरेको नगरपालिकाका खरिदार हिम बहादुर बढुवालले जानकारी दिनुभयो ।

विभिन्न निकायबाट लत्ताकपडा,भाडाकुडा र खाद्यन्न सहयोग भएपनि आगलागी पिडित परिवारसंग नगद रुपयाँ नहुदा उहाँहरुको दैनिक दिनचर्याका साथै,विभिन्न वित्तिय संघ सस्थाहरुको आर्थिक कारोवार गर्न समस्या देखिएकाले स्थानिय अभिभावक नजिकको सरकारका नाताले नगदै सहयोग गरेका छौँ, नगरप्रमुख हरिजंग शाही भन्नुभयो ।

मंगलबार आगलागी पीडितलाई हिमाली जिल्ला मुगुको चिसोलाई मध्य नगर गदै ७९ परिवारलाई लायन्स क्लव अफ रारा मुगुले कम्वल र सिरक वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको हातबाट पीडित परिवारहरुलाई न्यानो ओड्ने कपडा वितरण गरिएको लायन मोहन कुमार मल्लले जानकारी दिनुभयो ।

लायन्स क्लव राराका चार्टर प्रेसिडेन्ट विनोद कुमार मल्लले आगलागी पीडित परिवारलाई सहयोगका लागि लायन्स क्लव अफ नेपालका डिस्टिक गर्भनर राम बहादुर भटट्लाई आग्रह गरेपछि लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ वि २ नेपाल अन्तरगतको लायन्स आफतकालिन डिष्टिक कोषबाट आगलागी पिडित परिवारहरुलाई न्यानो ओडने कपडा कम्वल र सिरक सहयोग गरिएको डिस्टिक चिप एग्जेक्यटिप (जिल्ला प्रमुख व्यवस्थापक) टिकाराम चपाईले जानकारी गराउनु भयो ।

गत कात्र्तिक २९ गते राती १२ बजे मुगु जिल्ला सदरमुकाम स्थित तल्लो बजारमा आगलागी हुदा २० घर पुर्ण ५ घर आंशिक,२४ पसलका सामान,३३ भाडामा बस्नेका सामानहरु खरानी भएका थिए ।
आगलागीबाट मानविय क्षती नभएपनि ३६ करोड बढीको भौतिक क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV