१५ मंसिर २०७८, बुधबार

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट निशुल्क माइक्रोबस संचालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा माइक्रोबस सेवा संचालनमा ल्याइएको हो ।

पर्यटनमन्त्री प्रेमबहादुर  ओलेले बुधबार एक कार्यक्रमकाबीच बसको उद्घाटन गर्नुभयो  ।   विमानस्थलबाट आउने यात्रुहरुलाई ट्याक्सीले ठगी  गर्नेगरेको जनगुनासो आएपछि मन्त्रालयले नि:शुल्क माइक्रोबस सेवा संचालनमा ल्याएको हो ।

यो सँगै विमानस्थलको आन्तरिक टर्मिनल भित्रबाटै माइक्रोबस चढ्न पाइनेछ । उद्घाटनपघि मन्त्री आलेपनि यात्रुहरुसँगै कोचिएर यात्रा गर्नुभएको थियो । उहाँ माइक्रोबसमै बसेर विमानस्थलको गोल्डेन गेटसम्म आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV