१४ मंसिर २०७८, मंगलवार

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले श्रीमानको हत्यामा संलग्न रहेकी श्रीमतीलाई सात वर्षपछि पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महाशाखाले मंगलबार बानेश्वरबाट दाङकी ५० वर्षीया दिलकुमारी सेनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०७७ चैत्र ९ गते बिहान ६ बजेतिर काठमाडौं–१० धोवीखोलास्थित सिम्रिक पुलमुनि टाउकोमा चोट लागेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो । अनुसन्धानपछि उनी दाङको तुलसीपुर नगरपालिका–१० का द्रोणबहादुर सेन भएको खुलेको थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनको हत्यामा रामेछाप, गोकुलगंगा गाउँपालिका–४ काफ्लेटोलका ५४ वर्षीय भीमे सार्की भएको पत्ता लगायो । त्यसपछि उनलाई २०७७ फागुन ५ गते पक्राउ गरेको थियो ।

अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा रहेका सार्कीले हत्यामा सेनकी श्रीमती दिलकुमारीको पनि हात रहेको बताएका थिए ।

त्यसपछि दिलकुमारीको खोजी गरे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । मंगलबार बिहान पक्राउ परेकी दिलकुमारीलाई प्रहरीले अपराध महाशाखामा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV