१४ मंसिर २०७८, मंगलवार

एजेन्सी । इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेको छ । एउटा व्यावसायिक एयर बस कम्पनीको ए ३४० विमान हिउँले ढाकेको धावनमार्गमा यसै महिनाको सुरुमा अवतर‌ण भएको हो ।

पोर्चुगलको वायुसेवा कम्पनी हाई फ्लाई ८०१ को जहाज गत नोभेम्बर २ मा दक्षिण अफ्रिकाको केप टाउनबाट उडेको थियो। त्यस जहाजका पाइलट कार्लोस मिरपुरी थिए। कार्लोस हाई फ्लाई कम्पनीका उपप्रमुख हुन्।

उनले पहिलो पटक एयरबस ए३४० जहाज अन्टार्टिकामा अवतरण गरी इतिहास रचेको सिएनएनले जनाएको छ। केप टाउनबाट ४५०६ किलोमिटरको यात्रा गरी सो जहाज आफ्नो गन्तव्यमा पुगेको थियो। हाई फ्लाई कम्पनीले एयरक्राफ्ट तथा चालक दल भाडामा दिनेदेखि बीमा, मर्मतको काम गर्छ। आफ्नो जहाज अन्टार्टिकामा अवतरण गरेको भिडिओ हाई फ्लाईले आफ्नो युट्युबमा पनि राखेको छ।

जहाजका पाइलटका अनुसार महिनौंदेखिको तयारीपछि अन्टार्टिकामा सफल अवतरण भएको हो। त्यहाँ झण्डै तीन घण्टा बसेर उक्त जहाज पुन केप टाउन फर्किएको थियो।जहाज अन्टार्टिकाको पर्यटन कम्पनी ह्वाइट डेजर्टका मालिक वुल्फ्स फ्याङको जग्गामा अवतरण गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV