१४ मंसिर २०७८, मंगलवार

तारा आचार्य,

विराटनगर । मोरङ कांग्रेस सभापतिको लागि पुनः निर्वाचन भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि मतदान भइरहेको छ ।

मतदान स्थलमा कुनै किसिमको घटना हुन नदिनको लागि कडा सुरक्षाका साथ मतदान भइरहेको छ । पहिलो चरणको निर्वाचनमा मोरङ कांग्रेसका निवर्तमान सभापति डिगबहादु लिम्बु, पूर्व उपसभापति दिलिप गच्छदार र पूर्व सचिव यदु विष्टले सभापतिको लागि मैदानमा उत्रिएका थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा मोरङको जिल्ला कार्यसमितिका लागि मंसिर १२ गते आइतवार विराटनगरमा निर्वाचन भएको थियो । कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नकटेपछि मोरङमा पुनः मतदान भएको हो ।

जिल्ला कार्यसमितिका लागि ३ हजार ५ सय ५१ जना मतदाता रहेका मोरङमा ३ हजार ४ सय १४ मत मात्र खसेको थियो । डिगबहादुर लिम्बुले १ हजार ५ सय ४४ मत प्राप्त गरेका थिए, भने दिलीप गच्छेदारले १ हजार १ सय ६६ मत ल्याएका थिए ।

त्यस्तै अर्का प्रतिस्पर्धी यदु विष्टको ५ सय ६३ मत आएको थियो । तर, सभापतिका लागि कसैको पनि ५१ प्रतिशत नपुगेका कारण पुनः मतदान भएको हो ।

पुनः मतदानमा सभापतिको लागि यदु विष्टले आप्mनो उम्मेदवारी फिर्ता लिएर दिलिप गच्छेदारलाई सघाएका छन् । मतदान आज बेलुका ५ बजे सम्म जारी रहने निर्वाचन समितिले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV