१४ मंसिर २०७८, मंगलवार
  • विकास पौडेल,

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफूले अध्यक्ष पद बाहेक अन्यमा उम्मेदवारी नदिएको प्रष्ट पारेका छन् । महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै रावलले आफूले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिएको भन्दै मतदानको बेला केन्द्रीय सदस्य पदमा समेत आफ्नो नाम रहेकोप्रति आश्चर्यचकित भएको बताए ।

आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी नै नदिएको रावलले जिकिर गरे । अध्यक्ष पदमा विजयी भए सपथ लिने त्यस बाहेकमा निर्वाचित भएपनि सपथ नलिने उनले प्रष्ट पारे ।

उनले आठौं महाधिवेसनमा समेत आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी नदिएकोले उक्त पदमा निर्वाचित भएपनि सपथ नलिएको र अहिले पनि नलिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV