१४ मंसिर २०७८, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामा नै हुने भएको छ । एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने एमाले नेता विष्णु रिजालले बताए ।

मंगलबार (आज) विहान मात्रै सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । त्यस्तै केही बेर अगाडि मुचुल्काको काम सकिएको र मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।

एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी भएका थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि उक्त पदमा मात्रै मतदान गराइएको थियो ।

जसका लागि ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV