१४ मंसिर २०७८, मंगलवार
  • दानबहादुर बुढा

मंसिर ।  कर्णालीकै पिछडिएकाे क्षेत्र कनकासुन्दरी गाउँपालिकाले मंशिर १२ गतेबाट एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

देशमा संघीय संरचना सुरु भएपछि स्थानीय सरकारबाट जनतालाइ सुविधा दिलाउने नीतिअनुसार गाउँपालिकाभित्र रहेका जनताकाे स्वास्थ्यमा असहज स्थिति देखिँदा स्वास्थ्य संस्थासम्म लैजानका लागि एम्बुलेन्स खरिद गरिएकाे हाे ।

बजेट विनियाेजन गरिएको भए पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रिया नेपाल सरकारबाट राजश्व छुट गर्ने प्रकृयामा ढिलाे भएको हुँदा सबै प्रकृया सफल बनाएर बल्ल पालिकाभित्र रहेका नागरिकलाई एम्बुलेन्स सेवा दिन सफल भएको गाउँपालिका अध्यक्ष नरवीर रावतले बताए ।

जुम्लामा रहेका अन्य पालिकाभन्दा कनकासुन्दरी गाउँपालिका भुगाेलकाे हिसाबले ठूलो र टाढाटाढा बस्ती भएको हुँदा पालिकाभित्र रहेका नागरिकहरू बिरामी हुँदा निकै दु:ख भाेगिरहेका थिए । अब भने केही सहज हुने भएको छ ।

पालिकाकाे १० लाख ८१ हजारमा खरिद भएको र एम्बुलेन्स खरिदमा लाग्ने राजश्व नेपाल सरकारबाट छुट दिएको कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV