१४ मंसिर २०७८, मंगलवार

काठमाडौँ । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज  देशभर आंशिक बदली रहनेछ । देशैभरि चिसो बढ्ने क्रममा रहेको छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

राति सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

भाेलि पनि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । साथै सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको र सो प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातकाे सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV