१४ मंसिर २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताएका छन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले सर्वसम्मत भन्दा निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै उनले नतिजा आफूले सहज रुपमा लिने बताए ।

रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेद्वारमा पनि राखिदिएकोमा आपत्ति जनाए । उनले आफ्नो उम्मेद्वारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पारे ।

उने भने, ‘सदस्यमा मेरो उम्मेद्वारी नै होइन, उहाँहरुले मेरो नाम सदस्यमा पनि राखिदिनुभएको रहेछ, मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, स्वीकार गर्दिनँ।’

उनले यदि आफूले अध्यक्षमा चुनाव हारेको खण्डमा केन्द्रीय सदस्य पनि नरहने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV