१३ मंसिर २०७८, सोमबार

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशमा निर्वाचन हुने भएपनि केही केन्द्रीय सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको विधान शसोधन गरेर केन्द्रीय सदस्यको संख्या बढाएर ३०१ कायम भएको छ । जसमा सुरुमा अध्यक्ष ओलीले नै आफै केन्द्रीय सदस्यहरुको नाम टुंगो लगाएका थिए । तर अन्त्यमा निर्वाचन नै हुने भएपछि उम्मेदवारी दर्ताको क्रम चलेको थियो । जसअन्तर्गत एमाले अध्यक्षका लागि केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ ।

त्यस्तै उपाध्यक्षका लागि निर्धारण भएको ६ कोटामा ७ उम्मेदवारी परेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । त्यस्तैगरी ७ सचिवका ठाउँमा ९ जनाको उम्मेदवारी परेको छ ।

उता वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध चयन भएका छन् ।

त्यस्तैगरी केन्द्रीय सदस्यहरुमा केही निविरोध निर्वाचित भएका छन् ।

यी हुन् केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुने नेताहरु

कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव, सरिता गिरी यादव, साजिदा खातुन सिद्धिकी, विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे, सबिता रसाईली, बद्मीकुमारी बोहरा, विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापा मगर, सीता लामा, माधव ढुंगेल, विनाकुमारी श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, उषाकला राई, निरा खनाल, मेनुका काफ्ले, अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल, कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार, रेखाकुमारी झा, पार्वती रावल, पेम्बा लामा, रचना खड्का, इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा, मायानाथ अधिकारी, नरदेवी पुन, मिनाकुमारी गुरुङ, सीमाकुमारी क्षेत्री, खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी, हरि रिजाल, मेनुका पोखरेल, सरिता खनाल, साबित्रा अर्याल, तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV