१३ मंसिर २०७८, सोमबार

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका उपाधि दावेदार दुई टिम मच्छिन्द्र क्लव र विभागिय टिम त्रिभूवन आर्मी क्लवले बराबरी खेलका छन् ।

सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा मच्छिन्द्र र आमीले गोलरहित बराबरी खेलेका हुन् । यो सँगै उनीहरुले बराबरी अंक बाँडेका छन् ।

खेलको पूरै समय एक अर्काकाबिरुद्ध गोल गर्ने अवसर सृजना गरेपनि कुनै पक्षबाट गोल हुन सकेन । दुवै टोलीले आजको खेलबाट एक एक अंक बाँड्दा मच्छिन्द्र क्लवले दुई खेलमा चार अंक बनाएको छ ।

आर्मीले पनि दुई खेल खेलबाट दुई अंक बनाएको छ । यसअमि मच्छिन्द्रले न्युरोड टिम एनआरटीलाई दुई एकले हराएको थियो । उता आर्मीले भने पहिलो खेलमा पुलिससँग एक एकको बराबरी खेलेर एक अंक बनाएको थियो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा ब्रिगेड ब्याइज क्लवले पनि न्युरोड टिम (एनआरटी)लाई बराबरीमा रोक्दै अंक बाँढेको छ । पहिलो हाफअघि एनआरटीले ब्रिगेड ब्वाइजलाई दवावमा राखेपनि कुनैपनि गोल गर्नसकेन । दोस्रो हाफपछि सुधारिएको खेल प्रदर्शन गरेको ब्रिगेडले पनि कुनै गोल गर्न सकेन ।

खेल बराबरी भएसँगै दुई खेल खेलेको ब्रिगेडको ४ अंक भएको छ । त्यस्तै एनआरटीकोको एक अंक भएको छ । यो सँगै ब्रिगेड शिर्ष ४ टिममा परेको छ । अकंतालिकामा ६ अंकका साथ मनाङ लिगको शिर्ष स्थानमा रहेको छ ।

संकटा, सातदोबाटो, ब्रिगेड ब्याइज र मछिन्द्र भने समान ४ अंकसहित अंक तालिकाको दोस्रो बन्ने होडमा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV