१३ मंसिर २०७८, सोमबार

काठमाडौँ ।  नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा जारी छ। जारी महाधिवेशनबाट केही केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सूचीमा नपरेका ४ जना एमाले नेताहरु पनि परेका छन् ।

निर्विरोध निर्वाचित हुनेमा प्रदेश २ को खुलाबाट अरविन्द सिंह र सुमन प्याकुरेल, महिलाबाट रञ्जना सरकार र खुला महिलाबाट उषाकिरण तिमल्सेना रहेका छन् ।

आइतबार बेलुकी अध्यक्ष ओलीले पार्टीलाई एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै १९ जना पदाधिकारीसहित ३ सय १ जना सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गरेका थिए । उक्त सुचीमा यी चार जो निर्विरोध भए उनीहरुकाे भने नाम थिएन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV