१३ मंसिर २०७८, सोमबार

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार आज बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्नेबारे निर्णय गरेको हो । यसअघिका सदस्य सचिव रमेश सिलवाल बर्खास्तीम परेपछि उक्त पद रिक्त थियो ।

सदस्य सचिवका लागि दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेका थिए । जसमा सिफारिस समितिले टंकलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सिफासिर गरेको थियो ।

त्यसमध्ये पनि घिसिङले सदस्य सचिवमा बाजी मारेका हुन् । घिसिङ माओवादी केन्द्रका नेतासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV