१३ मंसिर २०७८, सोमबार
  • तारा आचार्य

विराटनगर । सादा पोशाकको घुमुवा प्रहरी हुँ भन्दै व्यापारी संग रकम असुल्ने विराटनगर महानगरपालिका १२ का पुष्पराज चेम्जोङलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको छ ।

सोमबार चेम्जोङले भारतको जोगवनी देखि सामान खरिद गरेर आएका व्यापारीहरुलाई नक्कली प्रहरी बनेर रकम असुल्दै गरेको अवस्थामा पक्राउगरेको मोरङ प्रह्रीका प्रवक्त डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पक्राउपरेका चेम्जोङले तस्करहरुसंग मिलेर रकम असुल्ने गरेको पाइएको छ । उनि विराटनगरको रानी , मटेरुवा,स्लामपुरलगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसंग रकम असुल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

चेम्जोङले अबैध रुपमा भारतदेखि भित्राएको सामानहरु ल्याउने क्यारिङ गर्नेहरुसंगको मिलेमत्तो रहेको र उनिहरुलाई पनि आफु प्रहरीको घुमुवा हुँ भनेर रकम असुल्ने गरेकोे पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चेम्जोङलाई आज जिल्ला अदालतबाट अभद्र व्यवहारको मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV