१३ मंसिर २०७८, सोमबार

काठमाडौँ । कवि मायादेवी गुरुङद्वारा लिखित कविता कृति ूजिन्दगीू को विमोचन भएको छ । वेलायतमा कर्मथलो बनाइरहनु भएका अनेसास केन्द्रका सदस्य समेत रहनुभएको गुरुङको कविता कृति नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डाक्टर जगमान गुरुङज्यूको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरी,बिओटी सल्लाहाकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङ, अनेसास सल्लाहाकार राधेश्याम लेकाली, सुमलकुमार गुरुङ, समाजसेवी रत्नबहादुर गुरुङ, रत्न बहादुर गुरुङ, सत्यराज गुरुङ, विजय गुरुङ, अनेसास नेपाल च्याप्टरका सल्लाहाकार प्रा।डा। रामप्रसाद दाहाल, समालोचक लीला लुइँटेल, ज्ञानु अधिकारी, कवि राजेन्द्र सलभ, पत्रकार एवम् साहित्यकार जयदेव भट्टराई, ठाकुर वेल्वासे, उलसीहरी कोइराला,अनेसास पुरस्कार समितिका सदस्य एवम् बोस्टन च्याप्टर अध्यक्ष दीपा पुन राई, लगायत उपस्थिती रहेको थियो ।

अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पूर्ण अतिथिज्यूहरूले शुभकामनाका शब्दहरू पस्कनुभएको थियो ।

समालोचक ज्ञानु अधिकारीले कृतिका बारेमा समीक्षा प्रस्तुत गर्नुभयो भने कृतिकारका बारेमा सुमलकुमार गुरुङज्यूले बोल्नुभएको थियो । लेखकका जीवनसाथी विजय गुरुङ साथै अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरी र सदस्य रञ्जना निरौलाले कृतिभित्रबाट कवित वाचन गर्नुभएको थियो ।

लेखक माया गुरुङले आफ्नो लेखकीय मन्तव्य राख्दै आमा शीर्षकको कविता वाचन गर्दैगर्दा सभा स्तब्ध भएको थियो । कार्यक्रम सञ्चालन अनेसास केन्द्रका सदस्य डा. रेणुका सोलुले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV