१३ मंसिर २०७८, सोमबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने,“पार्टीलाई कहिले फुट्न नदिने र नफुटाउने संकल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु ।,”

साथे उनले राप्रपालाई नेपालको राजनीतिको वैकल्पिक शक्ति बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । थापाको उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका संस्थापक नेता लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा लगायतको उपस्तिी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV